सोमबार, असार १५,२०८३ 07:16:31
Bizshala
  • सोमबार, असार १५,२०८३ 07:16:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आम्दानी बढेसँगै बिन्ध्यवासिनी हाइड्रोको नाफा ३६% ले वृद्धि

Laxmi Sunrise Bank Limited
आम्दानी बढेसँगै बिन्ध्यवासिनी हाइड्रोको नाफा ३६% ले वृद्धि

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको विदूत बिक्री आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । संस्थाले गत आवको पहिलो त्रैमाससम्म ८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.३६ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ६ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड २७ लाख आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.५३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट १४ करोड ७२ लाख कमाएको थियो ।

कम्पनीको प्रशासनिक खर्च १ करोड ४८ लाख र मर्मत तथा सम्भार खर्च १४ लाख ४३ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको वित्त खर्च ३ करोड २२ लाख रहेको छ । १ अर्ब १२ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १८ करोड ६९ लाख र कुल चालु दायित्व १५ करोड ८ लाख रुपैयाँ रहेको छ ।    

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ७.७२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११६.८८ रुपैयाँ,र तरलता अनुपात १.२४ गुणा कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.