काठमाण्डौ । पियोर इ्रनर्जी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ९० लाख ५ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७१.२१ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५२ लाख ५९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
पहिलो त्रैमाससम्म कम्पनीले ६ करोड ५५ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ६ करोड ६२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।
यो अवधिमा कम्पनी आफ्नो खर्च नियन्त्रण गर्न भने सफल देखिएको छ । अघिल्लो आवमा ६ करोड ८ लाख कुल खर्च गरेको कम्पनीले चालु आवमा भने ५ करोड ६२ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ ।
कम्पनीको कुल चालु सम्पत्ति ७ करोड १५ लाख र कुल चालु दायित्व १३ करोड ९२ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.५० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.६१ रुपैयाँ र तरलता अनुपात ०.५१ प्रतिश कायम भएको छ ।

