काठमाण्डौ । राधी विद्युत कम्पनीको नाफा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म २७ करोड ८५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ३ करोड ५ लाखको तुलनामा ८११.६२ प्रतिशतले बढी हो ।
कम्पनीले विद्युत बिक्रीमार्फत ४ करोड ६ लाख आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड ८८ लाख रुपैयाँ कमाएको थियो । कम्पनीले यो अवधिमा ३५ करोड ७० लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा १ करोड ७५ लाख रुपैयाँ वित्त आम्दानी गरेको कम्पनीले समीक्षा अवधमिा भने २४ लाख ८३ हजार वित्त आम्दानी गरेको छ ।
यस्तै कम्पनीको वित्त खर्च ३१ लाख १७ हजारबाट बढेर ७६ लाख ६६ हजार पुगेको छ ।
सो अवधिसम्म कम्पनीको चुक्तापूँजी १ अर्ब ८३ करोड रुपैयाँ रहेकोमा कुल सम्पत्ति ५९ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने कुल चालु दायित्व ११ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको इपीएस ६०.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५३.०३ रुपैयाँ, तरलता अनुपात ५.२० प्रतिशत, पीई रेसियो १०.४३ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८०.८४ रुपैयाँ रहेको छ ।

