बुधबार, असार १७,२०८३ 10:14:05
Bizshala
  • बुधबार, असार १७,२०८३ 10:14:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राधी विद्युतको नाफामा ८११% को उछाल, ईपीएस ६०.६८ रुपैयाँ पुग्यो

Laxmi Sunrise Bank Limited
राधी विद्युतको नाफामा ८११% को उछाल, ईपीएस ६०.६८ रुपैयाँ पुग्यो

काठमाण्डौ । राधी विद्युत कम्पनीको नाफा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म २७ करोड ८५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ३ करोड ५ लाखको तुलनामा ८११.६२ प्रतिशतले बढी हो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत ४ करोड ६ लाख आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड ८८ लाख रुपैयाँ कमाएको थियो । कम्पनीले यो अवधिमा ३५ करोड ७० लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवमा १ करोड ७५ लाख रुपैयाँ वित्त आम्दानी गरेको कम्पनीले समीक्षा अवधमिा भने २४ लाख ८३ हजार वित्त आम्दानी गरेको छ ।  

यस्तै कम्पनीको वित्त खर्च ३१ लाख १७  हजारबाट बढेर ७६ लाख ६६ हजार पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

सो अवधिसम्म कम्पनीको चुक्तापूँजी १ अर्ब ८३ करोड रुपैयाँ रहेकोमा कुल सम्पत्ति ५९ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने कुल चालु दायित्व ११ करोड ४७ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको इपीएस ६०.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५३.०३ रुपैयाँ, तरलता अनुपात ५.२० प्रतिशत, पीई रेसियो १०.४३ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८०.८४ रुपैयाँ रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.