काठमाण्डौ । समृद्धि फाइनान्सले आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ । ।कात्तिक २५ गते आयोजित वार्षिकोत्सव समारोहमा समृद्धि फाइनान्सका व्यवस्थापन सदस्य,कर्मचारी र ग्राहकहरुको सक्रिय सहभागिता रहेको थियो।
साथै, फाइनान्सका सबै शाखाहरूका कर्मचारीहरूर बचतकर्ताको उपस्थितीमा केक काटेर खुसियाली मनाइएको थियो । कार्यक्रमले संस्थाको २४ वर्षको सेवा बृद्धि,समुदाय र सरोकारवालाहरूको आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको समर्पणलाई जोड दिएको फाइनान्स कम्पनीले जनाएको छ ।
समृद्धि फाइनान्सले हाल तेह्रवटा शाखाहरुमार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्टआइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु नि:शूल्क प्रदान गरिरहेको छ।
समृद्धि फाइनान्स र पोखरा फाइनान्स एक अर्कामा गाभिने प्रक्रियामा रहेको छ |

