काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ३ अर्ब ६२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, आकाशभैरव सेक्युरिटिज, एबीसी सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, डायनानिमक मनि म्यानेजर्स र नेपाल स्टक हाउस रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज ६८ करोड ३६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४६.१३ प्रतिशत सेयर खरिद र ५३.८७ प्रतिशत सेयर बिक्री भएको छ ।


