Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

कम्पनीका मालिक ऋणको दलदलमा , सेयरमूल्य भने ४ वर्षमै २७ गुणाले वृद्धि

Global IME Bank Limited
कम्पनीका मालिक ऋणको दलदलमा , सेयरमूल्य भने ४ वर्षमै २७ गुणाले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । ऋणमा डुबेका अनिल अम्बानीको कम्पनी, रिलायन्स इन्फ्रास्ट्रक्चरको सेयरमूल्य ४ वर्षमा २७ गुणाले वृद्धि भएको छ । कम्पनीप्रति लगानीकर्ताको आत्मविश्वास बढेपछि यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७५ भारु पुगेको छ ।  

४ वर्षअघि यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता १० रुपैयाँसम्मको न्यून विन्दुमा झरेको थियो । यसरी ४ वर्षको अन्तरालमा कम्पनीको सेयरमूल्य २७.५ गुणाले वृद्धि भएको हो ।  

गत शुक्रबार कम्पनीको सेयरमूल्य २ प्रतिशतले बढेर प्रतिकित्ता २७५.५० रुपैयाँमा पुगेको हो ।  तर कक्म्पनीले बितेको ५ वर्षको अवधिमा केवल १०० प्रतिशतमात्रै प्रतिफल दिएको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो कम्पनीको ५२ हप्ताको उच्च मूल्य २८६.६५ भारु र न्यून मूल्य १३१.४० भारु रहेको छ । कम्पनीको बजार पूँजीकरण १०९ अर्ब डलर भारु छ । अनिल अम्बानीको यो कम्पनीले बितेको एक वर्षमा ८६ प्रतिशत प्रतिफल दिएको छ ।  

त्यस्तै बितेको ६ महिनामा कम्पनीको सेयरमूल्यमा ५८ प्रतिशतको उछाल आएको छ ।  

रिलायन्स इन्फ्रास्ट्रक्चर सन् २००८ मा सबैभन्दा ठूलो आईपीओको रुपमा भारतीय सेयर बजारमा प्रवेश गरेको थियो । कम्पनीले तीनवटा मुख्य बैंकको ऋण तीर्ने खबर बाहिरिएपछि कम्पनीको सेयरमूल्यमा उछाल आउने थालेको हो ।  

कम्पनीले आईसीआईसीआई बैंक,एक्सिस बैंक र डीबीएस बैंकको ऋण तिरिसकेको छ । कम्पनीले यी बैंकहरुलाई ४०० करोड भारु ऋण तीनुपेर्न थियो । जसमा कम्पनीले ३०–३५ प्रतिशतसम्म ऋण चुक्ता गरिसकेको छ ।  

अनिल अम्बानीले विभिन्न कम्पनीहरुको स्वामित्व बिक्री गरेर ऋण चुक्ता गर्ने क्रम बढाएको छ ।  

अनिल अम्बानी कुनैबेला भारतको सबैभन्दा धनी र विश्वको छैठौ धनी व्यक्तिको रुपमा रहेका थिए । त्यसबेला उनको कुल सम्पत्ति १.८३ करोड भारु थियो । उनले सन् २०२० मा बेलायतको अदालत सामु आफु टाट पल्टिएको घोषणा गरेका थिए ।  -एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.