शनिबार, जेष्ठ २,२०८३ 10:29:36
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 10:29:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गणपति लघुवित्तको खुद नाफामा १०२३% को उछाल, वितरणयोग्य मुनाफा कति ?

Laxmi Sunrise Bank Limited
गणपति लघुवित्तको खुद नाफामा १०२३% को उछाल, वितरणयोग्य मुनाफा कति ?
Shivam Cement

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १०२३.१५ प्रतिशतले बढेको छ । संस्थाले गत आवको पहिलो त्रैमाससम्म १ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १० लाख ३४ हजार मात्रै खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी ३७.०९ प्रतिशतले वृद्धि भएको छ । संस्थाले ४ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  

Bizshala
New Office
CG Motors

संस्थाको खुद सञ्चालन आम्दानी ५ करोड ३२ लाख र सञ्चालन मु्नाफा १ करोड ६५ लाख रुपैयाँ पुगेको छ । पहिलो त्रैमाससम्म संस्थाको निक्षप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । निक्षेप संकलन ४४ करोड ५२ लाख रुपैयाँबाट बढेर ५० करोड ६३ लाख रुपैयाँ पुगेको छ ।  

कर्जा प्रवाह पनि २ अर्ब ३ करोडबाट बढेर २ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा २५ लाख ५६ हजार रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ५ करोड ८० लाख रुपैयाँ पुगेको छ । संस्थाको रिजर्भमा ८ करोड ६४लाख रुपैयाँ सञ्चित छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा २ करोड ७९ लाख रुपैयाँ रहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

संस्थाको खराब कर्जा अनुपात ४.९३ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ३०.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९५.३२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७६९.०४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४७.४२ गुणा र तरलता अनुपात ९.४३ प्रतिशत कायम भएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.