काठमाण्ठौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको कात्तिक २६ गते बिहान ७ बजे बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

