काठमाण्डौ । नबिल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो ।
धितोपत्र सूचीकरण विनियमावली,२०७५ बमोजिम कात्तिक २३ गतेको निर्णयानुसार उक्त ऋणपत्र सूचीकृत भएको हो ।
नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै अब कात्तिक २७ गतेदेखि उक्त ऋणपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ । बैंकले गत साउन ६ गतेदेखि साउन २० गतेसम्म ३ अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता ऋणपत्र जारी गरेको थियो ।
८ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।

