काठमाण्डौ । भारतले भुटानलाई ऊर्जा परियोजनाका लागि ४ हजार करोड भारतीय रुपैयाँ ऋण दिने भएको छ । यो ऋण सहुलियत दरमा दिइने जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भुटान भ्रमणका क्रममा दुई देशबीच धेरै सम्झौता र धेरै घोषणाहरू भएका थिए। भारतीय विदेश मन्त्रालयले सो जानकारी दिएको हो ।
मोदी र भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले १०२० मेगावाटको पुनतसाङ्छु–२ जलविद्युत आयोजनाको उद्घाटन गरेका छन् । यसबाहेक १२ सय मेगावाट क्षमताको पुनतसाङ्छु–१ जलविद्युत आयोजनाको मुख्य बाँधको काम पुनः सुरु गर्ने सहमति पनि दुई देशबीच भएको छ । दुवै देशले संयुक्त रुपमा विकास गरेको यो सबैभन्दा ठूलो जलविद्युत आयोजना हुनेछ । भारत र भुटानबीच नवीकरणीय ऊर्जा, स्वास्थ्य र औषधिको क्षेत्रमा सहयोग गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यसका साथै वाराणसीमा भुटानी मन्दिर÷मठ र गेस्ट हाउस बनाउन जग्गा उपलब्ध गराउने घोषणा पनि गरिएको छ ।

