सोमबार, फाल्गुन ४,२०८२ 10:17:32
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:17:32
Bizshala
Global IME Bank Limited

रुरु जलविद्युतको नाफा साढे ११% ले घट्यो, रिजर्भको आकार भने बढ्यो

रुरु जलविद्युतको नाफा साढे ११% ले घट्यो, रिजर्भको आकार भने बढ्यो
Shivam Cement

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । चालु आवको पहिलो त्रैमाससम्म कम्पनीले ३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.५७ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ३ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

   यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड ३३ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो आवमा पनि कम्पनीले यति नै आम्दानी गरेको थियो ।  यो अवधिसम्म कम्पनीले ६ लाख ४८ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च ३३ लाख ७१ हजार र वित्त खर्च ८ लाख ७९ हजार रुपैयाँ रहेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै कम्पनीले ७ लाख ४९ हजार रुपैयाँ स्टाफ बोनसको रुपमा खर्च गरेको छ ।  

कम्पनीको चुक्तापूँजी ५६ करोड ७३ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीको रिजर्भ कोषमा २४ करोड ५५ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आवमा कम्पनीको रिजर्भ कोषमा २१ करोड ९६ लाख सञ्चित थियो । कम्पनीको कुल चालु सम्पत्ति २८ करोड ७७ लाख र कुल चालु दायित्व १२ करोड ७७ लाख रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२३.२२ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १४३.२८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७३.१६ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९.६७ गुणा र तरलता अनुपात २.२५ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.