बुधबार, असार १७,२०८३ 08:41:03
Bizshala
  • बुधबार, असार १७,२०८३ 08:41:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१५.८४ रुपैयाँले धनात्मक बन्यो नेरुडे मिर्मिरे लघुवित्तको ईपीएस, ५.५३ करोड खुद नाफा आर्जन

Laxmi Sunrise Bank Limited
१५.८४ रुपैयाँले धनात्मक बन्यो नेरुडे मिर्मिरे लघुवित्तको ईपीएस, ५.५३ करोड खुद नाफा आर्जन

काठमाण्डौ । अघिल्लो आवमा ऋणात्मक रहेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर आम्दानी(ईपीएस) धनात्मक बनेको छ । चालु आवको पहिलो त्रैमासमा संस्था  नाफामा गएसँगै ईपीएस १५.८४ रुपैयाँले धनात्मक बनेको हो ।  

अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाको ईपीएस ७४.७३ रुपैयाँले ऋणात्मक अवस्थामा थियो । संस्थाले पहिलो त्रैमाससम्म ५ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्था २६ करोड ११ लाख रुपैयाँ खुद घाटामा थियो ।  

संस्थाको खुद ब्याज आम्दानी भने वृद्धि भएको छ । खुद ब्याज आम्दानी ६४.८२ प्रतिशतले बढ्दै ४० करोड ३३ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि २ करोड ९२ लाखबाट बढेर ३ करोड ७६ लाख पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ३५ करोड २६ लाख र सञ्चालन मुनाफा ७ करोड ६० लाख रुपैयाँ रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यो अवधिमा संस्थाको कुल सञ्चालन खर्च ह्वात्तै बढेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज ८ करोड ८३ लाख रुपैयाँले रिभर्सल भएको छ । खराब कर्जा अनुपात १६.१४ प्रतिशतबाट घटेर १५.७० प्रतिशतमा सीमित बनेको छ ।  

पहिलो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ७ करोड ९१ लाख रुपैयाँ र वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ५.६६ रुपैयाँ रहेको छ ।    

यो अवधिसम्म संस्थाको निक्षेप संकलन घटेको छ । अघिल्लो आवसम्म ६ अर्ब ४५ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने ६ अर्ब ४४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गर्न सफल भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको कर्जा प्रवाह पनि घटेको छ । संस्थाले १९ अर्ब ८७ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म संस्थाले २० अर्ब १३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको थियो । रिटेन्ड अर्निङ ७ करोड ९१ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भ कोषमा १ अर्ब ४७ करोड सञ्चित छ ।    

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१५.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २११.२१ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३८.०९ गुणा ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५२१.५९ रुपैयाँ र तरलता अनुपात ९.३१ प्रतिशत कायम भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.