काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको साधारण सभा आज आयोजना हुँदैछ । बैंकको १९ औं साधारण सभा आज पोखरामा रहेको होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।
उक्त सभामा गत आवका लागि प्रस्तावित ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै, बैंकको कायम अधिकृत पूँजी वृद्धि गरी ६ अर्ब १० करोड कायम गर्ने, बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट बालुवाटारमा स्थानान्तरण गर्ने, छाप तथा लोगो परिवर्तन गर्ने र अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१ं/८२ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले गत कात्तिक १८ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसर्थ कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

