काठमाण्डौ । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा जारी गरेको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । सोही हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब आइतबारको कारोबारदेखि उक्त हकप्रद सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

