बरुण हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि जेठ २२ गते बुक क्लोज गर्दैछ । यसर्थ, आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।