काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत दरको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको सो प्रतिशत दरको कुल ५ लाख ९ हजार २४ कित्ता सेयर सूचीकृत भएको छ । योसँगै अब कम्पनीको सूचीकृत सेयर संख्या १ करोड १२ लाख २५ हजार ३२५ कित्ता पुगेको छ ।
उक्त सूचीकृत बोनस सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्नेछ ।

