सोमबार, असार १५,२०८३ 07:56:52
Bizshala
  • सोमबार, असार १५,२०८३ 07:56:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि हकप्रद निष्कासन गर्ने

Laxmi Sunrise Bank Limited
बरुण हाइड्रोपावरले असार ३१ गतेदेखि हकप्रद निष्कासन गर्ने

काठमाण्डौ ।  बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।  

कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

हकप्रदमा आवेदन दिने अन्तिम मिति साउन १९ गते निर्धारण गरिएको छ ।    

New Office
CG Motors
Garima Development Bank

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ ६ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  लगानीकर्ताले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका साथै राष्ट्रिय वाणिज्य बैंकको विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, चैनपुर, खादबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।  

यसैगरी, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा  ‘मेरो सेयर’ बाट समेत आवेदन दिन सक्नेछन्।

हकप्रदबाट प्राप्त रकम क्षतिग्रस्त हेवाखोला जलविद्युत आयोजनाको पुनर्निर्माण तथा जलशक्ति हाइड्रो कम्पनीमा लगानी र अधिग्रहणका लागि उपयोग गरिने कम्पनीले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.