काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको नाफा घटेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म २ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४९.९५ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १२ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७.२७ प्रतिशतले कम हो ।
यो अवधिमा कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च २२ लाख १३ हजारबाट बढेर १ करोड ८५ लाख र कर्मचारी खर्च ४९ लाख ३२ हजारबाट बढेर ५३ लाख ३४ हजार पुगेको छ । वित्त खर्च भने ४ करोड ७५ लाखबाट घटेर ४ करोड ६४ लाखमा सीमित बनेको छ ।
कम्पनीको रिटेन्ड अर्निङको आकार ६ करोड ९ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको कुल चालु सम्पत्ति १३ करोड ८ लाख र कुल चालु दायित्व ३० लाख २३ हजार रुपेयाँ छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.७० रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०८.०२ रुपैयाँ र रिर्टन अन इक्विटी ३.४८ प्रतिशत कायम भएको छ ।

