सोमबार, असार १५,२०८३ 07:33:39
Bizshala
  • सोमबार, असार १५,२०८३ 07:33:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मकर जितुमाया सुरी हाईड्रोपावरको नाफामा झण्डै ५० प्रतिशतको गिरावट

Laxmi Sunrise Bank Limited
मकर जितुमाया सुरी हाईड्रोपावरको नाफामा झण्डै ५० प्रतिशतको गिरावट

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडको नाफा घटेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म २ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४९.९५ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।    

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १२ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७.२७ प्रतिशतले कम हो ।  

New Office
CG Motors
Garima Development Bank

यो अवधिमा कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च २२ लाख १३ हजारबाट बढेर १ करोड ८५ लाख र कर्मचारी खर्च ४९ लाख ३२ हजारबाट बढेर ५३ लाख ३४ हजार पुगेको छ । वित्त खर्च भने ४ करोड ७५ लाखबाट घटेर ४ करोड ६४ लाखमा सीमित बनेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङको आकार ६ करोड ९ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको कुल चालु सम्पत्ति १३ करोड ८ लाख र कुल चालु दायित्व ३० लाख २३ हजार रुपेयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.७० रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०८.०२ रुपैयाँ र रिर्टन अन इक्विटी ३.४८ प्रतिशत कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.