काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आम्दानी र नाफा दुवै घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८७.३६ प्रतिशतले कम हो ।
अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ३ करोड ४९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी पनि ८१.९६ प्रतिशतले घटेको छ । कम्पनीले समीक्षा अवधिसम्म ८८ करोड १४ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ४ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको खर्च भने घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ६७ लाख ५हजार रुपैयाँ कुल खर्च गरेको कम्पनीले समीक्षा अवधिसम्म भने २२ करोड ६८ लाख कुल खर्च गरेको छ । कम्पनीले यो अवधिसम्म ४ करोड ५६ लाख रुपैयाँ लगानी गरेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ १३ करोड ६५ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको फेयर भ्यालु रिजर्भमा ३९ करोड ११ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.५६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ६६.६४ ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८५.८६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६४८.८८ गुणा कायम भएको छ ।

