काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.१५ अंकले घटेर २५४०.५७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३७ कम्पनीको ७९ लाख ५७ हजार ५६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.१० प्रतिशत र निर्जीवन बीमा समूह ०.४९ प्रतिशतले घटेको छ । आज ८ बीमा कम्पनमीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ६.०१ प्रतिशतले बढेर १३४० रुपैयाँ पुगेको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको १.०९ प्रतिशत, गार्डियन माइक्रो लाइफको ३.०९ प्रतिशत, एलआइसी नेपालको ०.४६ प्रतिशत, नेशनल लाइफको ०.०८ प्रतिशत, रिलायबल नेपाल लाइफको १.२२ प्रतिशत, हिमालयन रि को ०.३० प्रतिशत र नेपाल रि को १.८३ प्रतिशतले बढेको छ । आज सर्वाधिक गुमाउनेमा भने सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.७४ प्रतिशतले घटेर ४५३ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.७३ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.०६ प्रतिशत, नेकोको ०.१९ प्रतिशत, एनएलजीको ०.८८ प्रतिशत, प्रभुको ०.६३ प्रतिशत, आरबीसीएलको १.७४ प्रतिशत, शिखरको ०.७२ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.२२ प्रतिशत, युनाइटेड अजोडको ०.४५ प्रतिशतले घटेको छ ।
साथै एशियन लाइफको १.०३ प्रतिशत, सिटिजन लाइफको १.२४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.०८ प्रतिशत, हिमालयन लाइफको ०.५४ प्रतिशत, आइएमई लाइफको ०.३३ प्रतिशत, नेपाल लाइफको ०.३९ प्रतिशत, सूर्यज्योति लाइफको ०.४२ प्रतिशत, सन नेपाल लाइफको ०.२८ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२८ प्रतिशतले घटेको छ ।

