काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार असोज मसान्तसम्म कम्पनी २ करोड ३० लाख रुपैयाँ घाटामा रहेको छ ।
गत असार मसान्तसम्म भने कम्पनी ८९ लाख २८ हजार नाफामा थियो ।
कम्पनीको आम्दानीमा गिरावट आउदा घाटामा गएको हो । यो अवधिमा कम्पनीको आम्दानी ८१.४३ प्रतिशतले घटेर ५ करोड १६ लाखमा सीमित बनेको छ । कम्पनीको खर्चमा कमी आएको छ । गत असार मसान्तसम्म २६ करोड ६४ लाख रहेको कम्पनीको खर्च घटेर ७ करोड ४६ लाखमा सीमित बनेको छ ।
पहिलो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङ ६ करोड १८ लाख रुपैयाँले ऋणात्मक बनेको छ भने अन्य रिजर्भमा ६ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) वार्षिकिकरण गरिएको १५.३८ रुपैयाँले ऋणात्मक बनेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १००.०९ रुपैयाँ र प्रतिसेयरकुल सम्पत्तिको मूल्य २४२.१५ रुपैयाँ कायम भएको छ ।

