काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ३ अर्ब ८९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद भएको छ भने ३ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा भृकुटी स्टक ब्रोकिङ कम्पनी, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, प्रिमियर सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, एबीसी सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा भुकृटी स्टक ब्रोकिङ कम्पनी रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै ९३ करोड ९३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५३.५७ प्रतिशत सेयर खरिद र ४६.४३ प्रतिशत सेयर बिक्री भएको छ ।


