काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको नाफा ४.९६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीले २ करोड ९९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ६ लाख आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.२० प्रतिशतले बढी हो ।
कम्पनीको प्रशासनिक खर्च ५७ लाख ८५ हजार, वित्त खर्च ४करोड ३२ लाख र ह्रासकट्टी खर्च १ करोड ४९ लाख रहेको छ ।
अघिल्लो आवमा ३ करोड ९ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर ३ करोड ५० लाख पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १७.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०५.०१ रुपैयाँ र तरलता अनुपात ०.५३ रुपैयाँ कायम भएको छ ।

