काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन भने सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ४३ हजार ३ सय कायम भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि ६५ रुपैयाँले घटेको छ । आज चाँदीको कारोबार प्रतितोला ३ हजार ९० रुपैयाँमा भईरहेको छ ।

