बुधबार, असार १७,२०८३ 07:05:24
Bizshala
  • बुधबार, असार १७,२०८३ 07:05:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल ल्यूब आयलको नाफा ५.१९% ले बढ्यो, ईपीएस भने घट्यो

Laxmi Sunrise Bank Limited
नेपाल ल्यूब आयलको नाफा ५.१९% ले बढ्यो, ईपीएस भने घट्यो

काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडले ५८ लाख ६४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको तुलनामा ५.१९ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवमा कम्पनीले ५५ लाख ७४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले बिक्रीमार्फत २८ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत २६ रोड ६६ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले ३९ हजार रुपैयाँबराबरको अन्य आम्दानी समेत गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यो अवधिमा कम्पनीको बिक्री तथा वितरण खर्च ४ करोड ३६ लाख, प्रशासनिक तथा साधारण खर्च १७ करोड २० लाख, अन्य सञ्चालन खर्च ३ लाख २० हजार र वित्त खर्च ६७ लाख २० हजार रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा २८ करोड ४ लाख सञ्चित छ ।  

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) भने घटेको छ । अघिल्लो आवमा ३०.६० रुपैयाँ रहेको ईपीएस घटेर २६.८३ रुपैयाँमा सीमित बनेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.