काठमाण्डौ । हिमालयन ब्रोकरेज कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर १९ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।
उक्त सभा काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने र सो सम्बन्धी प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न सम्बन्धित निकायहरुबाट निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

