काठमाण्डौ । हुलास स्टिल इन्डस्ट्रिजले डेडिकेटेड तथा ट्रंकलाइनमार्फत उपभोग गरेको बिजुलीको प्रिमियम महसुलको बक्यौताको दोस्रो किस्ता तिरेको छ । गत कात्तिक १ गते पहिलो किस्ता तिरेको कम्पनीले एक महिनाको अवधिमा दोस्रो किस्ता समेत बुझाएको हो ।
मंगलबार कम्पनीले दोस्रो किस्ताबापत ५० लाख ४३ हजार रुपैयाँ त्रिेको हो । कम्पनीले पहिलो र दोस्रो किस्ता गरी कुल १ करोड ८६ हजार रुपैयाँ कक्यौता रकम तिरेको छ ।
उद्योगहरूलाई किस्ताबन्दी सुविधा उपयोग गरी भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ । नेपाल विद्युत प्राधिकरणले असोज १२ मा २१ दिने सूचना जारी गर्दै कात्तिक ३ भित्र बक्यौता नतिरे बिजुली लाइन काट्ने चेतावनी दिएको थियो । जसपश्चात उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुल धमाधम बुझाईरहेका छन् ।

