काठमाण्डौ । बिहिबारपनि स्थानिय बजारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको भाउ ७ सय रुपैयाँले महङ्गिएको छ।
यससँगै सुनको मूल्य आज प्रतितोला २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउ २ हजार ८ सयले बढेको थियो ।
आज चाँदीको भाउ पनि ३५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार १८५ रुपैयाँ कायम भएको छ ।

