काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुनको भाउ २ हजार ९ सय सय रुपैयाँले बढेको हो ।
यससँगै सुनको मूल्य आज प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम थियो । उक्त दिन सुनको भाउ १३ सयले घटेको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ३५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार १३५ रुपैयाँ कायम भएको छ ।

