काठमाण्डौ । सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश सच्याएको छ । कम्पनीले गत आवका लागि प्रस्तावित नगद लाभांश सच्याएको हो । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयरमा लाग्ने कर वापतका लागि प्रस्ताव गरेको नगद लाभांशमा हाल कायम चुक्तापूँजीको ०.२६३२ प्रतिशत हुनुपर्नेमा भुलवश ०.२६४२ प्रतिशत भएकाले सच्याई पेश गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले गत आवका लागि ५ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । लाभांश पारित गर्न कम्पनीले आगामी पुस ४ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि १६ औं वार्षिक साधारण सभा डाकेको छ ।

