मंगलवार, मंसिर ९,२०८२ 06:20:08
IME remit
  • मंगलवार, मंसिर ९,२०८२ 06:20:08
IME remit
Global IME Bank Limited

लगातार तीनदिन बढ्यो सेयरबजार, लगानीको वातावरण बन्दै गरेको विश्लेषकको ठहर

Hyundai Nepal
लगातार तीनदिन बढ्यो सेयरबजार, लगानीको वातावरण बन्दै गरेको विश्लेषकको ठहर
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आजपनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) बढेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.३२ अंकले बढेर २ हजार ६५५.९९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३० प्रतिशतले बढेर ४५७.७३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने ७ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

CG Motors
New Office
Garima Development Bank

आजको बजारबारे नेपाल नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘बजार अब विस्तारै विस्तारै बढ्न थालेको छ । बजारमा ठूला पूँजी भएका  कम्पनीहरु लामो समयसम्म चल्न सकिरहेका थिएनन् । अब फन्डामेन्टल्ली रुपमा बलिया कम्पनीहरु पनि विस्तारै चल्न लागेका छन् । तर अझै बजार बेस रेटमै छ । अहिले लाभांश घोषणको सिजन भएका कारण पनि बजार बढ्न सर्पोट गरिरहेको छ । राजनीतिक पाटो पनि अहिले त्यस्तो नकारात्मक देखिदैन । लगानीकर्ताहरुलाई सहज रुपमा लगानी गर्ने वातावरण बनेको छ । मार्केटका लागि सहज हुने देखिन्छ ।’

त्यस्तै, बजार जानकार सुवाष भट्टराई भन्छन्, ‘लामो समयसम्म सेयरबजारलाई राजनीतिक पक्षले प्रत्यक्ष प्रभाव पारेको थियो । पूँजीबजारलाई राजनीतिले नै गाइड गर्ने भएकाले केही समयदेखि राजनीतिक अवस्था राम्रो नहुँदा बजार घटेर तल्लो विन्दुमा आइसकेको थियो । तर अहिले केही हदसम्म राजनीतिक अवस्था राम्रो हुन थालेको छ । पार्टीगत आन्दोलनहरुले नेपालको अर्थतन्त्रमा प्रभाव नपारेपछि सेयरबजारले लय समात्न थालेको छ । अब राजनीतिक पक्ष राम्रो हुँदै गएमा सेयरबजार पनि बढ्दै जाने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये चारवटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज होटल बीमा समूह सर्वाधिक अर्थात १.४० प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.१९ प्रतिशत, फाइनान्स ०.०२, हाईड्रो ०.१९, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १.३०, लघुवित्त ०.०४, निर्जीवन बीमा ०.६५ र अन्य ०.४९ प्रतिशतले बढे ।

व्यापार समूह आज सर्वाधिक घट्यो । यो समूह आज १.३३ प्रतिशतले घट्यो ।

यस्तै विकास बैंक समूह ०.२४, जीवन बीमा ०.३० र म्युचुअल फण्ड ०.३४ प्रतिशतले घट्यो ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन बन्दिपुर केवलकारको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड ९९ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै हिमालयन रि इन्स्योरेन्सको २४ करोड ४ लाख, ङादी ग्रुप पावरको २० करोड २ लाख, युनियन हाईड्रोपावरको १८ करोड ७९ लाख र शिवम् सिमेन्टको १७ करोड २८ लाख बढीको सेयर कारोबार भयो ।

 धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी, झापा इनर्जी र श्रीनगर एग्रोटेकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज स्वस्तिक लघुवित्तको सेयरमूल्य ८.२३ प्रतिशत, बन्दिपुर केवलकारको ७.२३, दरमखोला हाईड्रोको ६.८७ र हिमस्टार उर्जाको सेयरमूल्य ५.३२ प्रतिशतले बढ्यो ।

यो दिन जोशी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ४.९६ प्रतिशतले घट्यो ।  

यस्तै सुपरमाई हाईड्रोको ३.१९ प्रतिशत र भूगोल इनर्जीको सेयरमूल्य २.७४ प्रतिशतले घट्यो । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.