काठमाण्डौ । उन्नति सहकार्य लघुवित्तको सेयर स्वामित्व संरचना परिवर्तन भएको छ । संस्थाले संस्थापक समूहतर्फ ६२.४१ प्रतिशत र सर्वसाधारण समूहतर्फको ३७.५९ प्रतिशत स्वामित्व कायम हुनेगरी सेयर स्वामित्व संरचना परिवर्तन गरेको हो ।
संस्थाले कुल सूचीकृत २४ लाख ६८ हजार ६५७.३६ कित्ता सेयरमध्ये परिवर्तित पूँजी संरचना पश्चात कायम भएको संस्थापक समूहतर्फको १५ लाख ४० हजार ६८९.०६ कित्ता सेयर र सर्वसाधारण समूहतर्फ ९ लाख २७ हजार ९६८.३० कित्ता धितोपत्रको अनुपात हुने गरी संस्थापक समूहतर्फको १ लाख ८७ हजार ३७१.०९ कित्ता सेयर सर्वसाधारणतर्फ परिवर्तन गरेको हो ।
नेप्सेको मंसिर ९ गतेको निर्णयअनुसार उक्त संस्थापक सेयर सर्वसाधारण समूहमा अभिलेख भएको छ ।

