काठमाण्डौ । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा जारी गरेको २४ लाख १४ हजार १०० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले गत साउन १५ गतेदेखि भदौ १९ गतेसम्म चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको थियो । सोही हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि उक्त हकप्रद सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

