काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार ८३८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ ।
जीवन बीमा समूह ०.३२ प्रतिशत र निर्जीवन बीमा समूह ०.३३ प्रतिशतले घटेको छ । आज ८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.७७ प्रतिशतले बढेर ५१९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, रिलायबल नेपाल लाइफको ०.०८ प्रतिशत, सूर्यज्योति लाइफको २.१३ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२२ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.५० प्रतिशत, शिखरको १.०५ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.१० प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.३६ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने सन नेपाल लाइफ रहेको छ ।
कम्पनीको सेयरभाउ १.५१ प्रतिशतले घटेर ५१० रुपैयाँ कायम भएको छ । त्यस्तै, एशियन लाइफको ०.५७ प्रतिशत, सिटिजन लाइफको ०.५८ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.४० प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.६३ प्रतिशत, हिमालयन लाइफको ०.४३ प्रतिशत, आइएमई लाइफको १.०४ प्रतिशत, एलआइसी नेपालको ०.६१ प्रतिशत, नेपाल लाइफको ०.९१ प्रतिशत, नेशनल लाइफको ०.९५ प्रतिशतले घटेको छ ।
यसका साथै हिमालयन एभरेष्टको १.१२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.०२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.१६ प्रतिशत, एनएलजीको ०.१४ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.८३ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.०२ प्रतिशत, आरबीसीएलको ०.६६ प्रतिशत, सानिमा जिआइसीको १.४५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१५ प्रतिशत र युनाइटेड अजोडको ०.५८ प्रतिशतले घटेको छ ।

