बिहीबार, मंसिर ११,२०८२ 07:08:25
Bizshala
  • बिहीबार, मंसिर ११,२०८२ 07:08:25
Bizshala
Global IME Bank Limited

दिपलले किन्यो हुन्डाईको चिनियाँ कारखाना

Hyundai Nepal
दिपलले किन्यो हुन्डाईको चिनियाँ कारखाना
Shivam Cement

काठमाण्डौ । चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको छ । बेइजिंग हुन्डाईको चोंगकिंगस्थित कारखानालाई चांगानले खरिद गरेर दिपल ब्रान्डका सवारीसाधनको उत्पादनमा उपयोग गर्नेछ ।

चांगानको उत्पादन क्षमता सीमा नजिक पुगिसकेकाले उसलाई आफ्नो उत्पादन क्षमता बढाउनु पर्ने थियो । द इकोनोमिक अब्जर्भरले प्लान्टको स्वामित्व परिवर्तनबारे सार्वजनिक गरेको केही दिनमा दिपलले यसलाई पुष्टि गरेको हो ।

CG Motors
Garima Development Bank
IME remit

यो प्लान्ट पहिले बेइजिंग हुन्डाईको पाँच मध्येको एक उत्पादन केन्द्र थियो ।सन् २०१५ मा निर्माण सुरु भई २०१७ अगस्त बाट उत्पादन थालेको यो प्लान्ट १८.७ लाख वर्ग मिटरमा फैलिएको छ । यसको प्रारम्भिक लगानी १.१ बिलियन डलर रहेको थियो । यसको वार्षिक उत्पादन क्षमता तीन लाख युनिट रहेको छ । तर यो कारखाना २०२१ डिसेम्बरबाट बन्द अवस्थामा रहेको थियो ।

हाल दिपलका इभीहरु नानजिंग र बेइजिंगस्थित प्लान्टमा उत्पादन हुँदै आएको छ । नयाँ प्लान्ट थपिएसँगै कम्पनीको उत्पादन क्षमता र बजार प्रभाव विस्तार हुने अपेक्षा गरिएको छ । यो वर्ष अक्टोबर महिनामा दिपल इभीको बिक्री अघिल्लो वर्षको तुलनामा ५७.१ प्रतिशतले वृद्धि भएको रिपोर्ट छ ।

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited
Bizshala

चांगानले दिपललाई विश्वभर विस्तार गर्ने लक्ष्य राखेर युरोप र दक्षिण अमेरिकामा आफ्ना मोडलहरु सार्वजनिक गर्दै आएको छ । दिपलको एस०५ र एस०७ भर्खरै जर्मनी, बेलायत, फ्रान्स लगायतका युरोपेली मुलुकमा सार्वजनिक भएको थियो । केही दिनअघि यो ब्रान्ड ब्राजिलमा पनि लन्च गरिएको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.