आईतवार, श्रावण १०,२०८३ 07:50:21
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 07:50:21
Bizshala
Global IME Bank Limited

अमेरिकासँग बढ्दो तनावबीच भेनेजुएलाले ६ प्रमुख एयरलाइन्सलाई लगायो प्रतिबन्ध

अमेरिकासँग बढ्दो तनावबीच भेनेजुएलाले ६ प्रमुख एयरलाइन्सलाई लगायो प्रतिबन्ध
New Office

काठमाण्डौ । ४८ घण्टाभित्र उडान पुनः सुरु गर्न सरकारले दिएको आदेश पालना नगरेपछि भेनेजुएलाले ६ वटा प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्सलाई देशमा अवतरण गर्न प्रतिबन्ध लगाएको छ।

यी एयरलाइन्सले अमेरिकाले बढ्दो सैन्य गतिविधि भएको चेतावनी दिएपछि राजधानी काराकस जाने उडान अस्थायी रूपमा रोकिरहेका थिए। सो निर्णयले असन्तुष्ट बनेको भेनेजुएला सरकारले ती एयरलाइन्सलाई बुधबार सकिने गरी उडान पुनः सञ्चालन गर्न अल्टिमेटम दिएको थियो।

कतिपय साना एयरलाइन्सहरूले उडान जारी राखे पनि प्रतिबन्धका कारण हजारौँ यात्रु प्रभावित भएका छन्।

यसबीच, अमेरिका भेनेजुएलाको नजिककै जलक्षेत्रमा ठूलो सैन्य फौज परिचालन गरिरहेको छ। अमेरिकाले यसलाई लागूऔषध कारोबार नियन्त्रणको प्रयास भनेर प्रस्तुत गरे पनि भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले यसलाई आफूलाई सत्ताच्युत गर्न खोजिएको आरोप लगाएका छन्।

स्थिति चुलिँदै गएसँगै प्रतिबन्धित एयरलाइन्सहरूले कहिले उडान पुनः सुरु गर्न पाउने भन्ने स्पष्ट भएको छैन।

भेनेजुएलाको नागरिक उड्डयन प्राधिकरणले बुधबार इबेरीया, ट्याप पोर्चुगल, गोल, लाटाम, अवियान्का र टर्किश एयरलाइन्सका अवतरण तथा उडान अनुमति तत्काल प्रभावले खारेज गरिएको जनाएको छ।

प्राधिकरणले भेनेजुएलाको तटीय क्षेत्रमा देखिएको अमेरिकाको तीव्र सैन्य गतिविधि संकेत गर्दै, ती एयरलाइन्सहरूले संयुक्त राज्य अमेरिकाको सरकारले प्रवर्द्धन गरेको राज्य आतंकवादी गतिविधिमा सहभागी भएर एकतर्फी रूपमा वाणिज्यिक उडान रोकेको आरोप पनि लगाएको छ।

यसैबीच, अमेरिकाले भेनेजुएलाबाट हान्न सकिने दूरीभित्र १५ हजार सैनिक र विश्वकै सबैभन्दा ठूलो विमानवाहक जलयान युएसएस जेराल्ड फोर्स समेत परिचालन गरेको छ। वाशिङ्टनले यसलाई लागूऔषध कारोबार नियन्त्रणका लागि गरिएको अभियान भनेको छ, तर भेनेजुएलाले यसलाई राजनीतिक र सैन्य दबाबको प्रयासको रूपमा व्याख्या गरेको छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.