मंगलवार, श्रावण १२,२०८३ 10:10:40
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 10:10:40
Bizshala
Global IME Bank Limited

लमहीमा प्रचण्डको कटाक्ष : “सत्ता जितेर पनि हेलिकप्टर चढेर उम्किनुपर्ने अवस्था देखियो”

लमहीमा प्रचण्डको कटाक्ष : “सत्ता जितेर पनि हेलिकप्टर चढेर उम्किनुपर्ने अवस्था देखियो”
New Office

काठमाण्डौ । नेकपा (एकीकृत) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता प्राप्ति मात्र राजनीतिक स्थायित्वको मापन नभएको टिप्पणी गरेका छन्। 

लमहीमा शनिबार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश कार्यक्रममा बोल्दै उनले पछिल्लो राजनीतिक परिवेशले आफूलाई गम्भीर निष्कर्षमा पुर्‍याएको बताए।

उनका अनुसार, चुनावी बहुमत जितेर सरकार सञ्चालन गरेको शक्ति अन्ततः “हेलिकप्टर चढेर भाग्नुपरेको” अवस्थासम्म पुगेको उदाहरणले राजनीतिक अहंकार कति महँगो पर्न सक्ने देखाएको छ।

“संसदको रोष्ट्रममै चेतावनी दिएको थिएँ-बहुमत पाएको घमण्ड धेरै नगर्नुस्, एकदिन जनताले लेखेट्नेछन्,” प्रचण्डले स्मरण गरे, “आज पनि ओलीजीले सबै दोष ममाथि थोपरेको सुन्छु। तर अहंकार त्यागेको आभास अझै पाइँदैन।”

१५ दलबीचको एकता र जनताको अनुमोदन

प्रचण्डले लामो छलफल र गम्भीर प्रतिबद्धतापछि १५ दलबीच गठन भएको एकीकृत संरचनालाई जनताले स्वतः स्वीकारेको दाबी गरे।

उनका अनुसार, यो एकताको लक्ष्य सत्ता होइन, राज्य संयन्त्र कमजोर बन्दै गएको वास्तविकता सुधार्नु हो।

“भदौ २४ ले देशको नाजुकता देखायो”

कार्यक्रममा उनले भदौ २४ गतेका घटनालाई राष्ट्रको दुर्बल सुरक्षा संरचनाको उदाहरणका रूपमा प्रस्तुत गरे।

“केही घन्टामै सिंहदरबारदेखि सर्वोच्च अदालत र प्रहरी चौकीसम्म जलिरहेको दृश्यले देशको आधारभूत सुरक्षा नै हल्लिएको अनुभूति गरायो,” उनले भने, “हाम्रा पुर्खाले बलिदान र तपस्याले जोगाएको स्वाधीनता कति क्षणमै खतरा बन्दैछ, त्यो दिनले देखाइदियो।”

“देश बनाउने जिम्मा त्याग र संघर्षबाट आएका दलकै”

प्रचण्डका अनुसार मुलुक निर्माणको जिम्मेवारी चाहिँ दशकौँको संघर्ष पार गरेका राजनीतिक शक्तिकै कंधामा रहन्छ। उनले ती शक्तिलाई सबैभन्दा देशभक्त ठहर गर्दै-२००६ सालदेखि जनआन्दोलनसम्म हजारौँ सहिदको बलिदानबाट आएको परिवर्तन सहजै नबिर्सनुपर्ने बताए।

पूर्व संघर्षकालको प्रसङ्ग उल्लेख गर्दै उनले भने,“म सर्वोच्च कमाण्डर हुँदा माधवजी एमालेका महासचिव हुनुहुन्थ्यो। पहिलो वार्ता टोली पनि माधवजीकै पहलमा रोल्पा पठाइएको थियो, जहाँ बामदेव कमरेड र मैले हस्ताक्षर गरेका थियौँ।”

माधव नेपालको कटाक्ष : “नानीदेखि परेको बानी सुध्रँदो रहेन”

त्यसै कार्यक्रमलाई सम्बोधन गर्दै सहसंयोजक माधवकुमार नेपालले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरे।

“मैले धेरैलाई सुधार्न सक्नुहुन्छ भनेको थिएँ, तर नानीदेखि लागेको बानी रहेछ—सुध्रिँदो रहेनछ,” नेपालले भने।

उनले सुध्रिएको व्यक्तिलाई सम्मान र फुलमाला लगाएर स्वागत गर्ने चाहना भए पनि त्यो चाहना अझै अपूरा रहेको बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.