मंगलवार, श्रावण १२,२०८३ 10:11:42
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 10:11:42
Bizshala
Global IME Bank Limited

कांग्रेसमा फेरि उब्जियो संकट: संस्थापन र गगन-शर्मा समूह आमनेसामने

कांग्रेसमा फेरि उब्जियो संकट: संस्थापन र गगन-शर्मा समूह आमनेसामने
New Office

काठमाण्डौ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुसको अन्तिम सातादेखि सुरु गर्ने संस्थापन पक्षले तयारी तीव्र पारेको छ। पुस २७ गतेबाट नियमित महाधिवेशन सुरु गर्ने प्रस्ताव सोमबार केन्द्रीय समितिमा ल्याइने बताइएको छ। विशेष महाधिवेशनको माग उठेका ९० दिनभित्रै नियमित प्रक्रिया अघि बढाउने योजना नेतृत्वले तयार पारेको नेता रमेश लेखकले बताए।

यसैबीच पार्टीभित्र महाधिवेशनको विषय तीन धारमा चर्किएको छ। सभापति शेरबहादुर देउवा नियमित महाधिवेशनका पक्षमा देखिए पनि महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा कार्यान्वयन हुन नसक्ने कार्यतालिका स्विकार्य नहुने भन्दै विशेष महाधिवेशनको अडानमा उभिएका छन्।

महामन्त्री गगन थापा पक्षीय जिल्ला सभापति तथा केन्द्रीय सदस्यहरूले संस्थापनको तयारीलाई ‘काउन्टर’ गर्ने रणनीति बनाउन सक्रिय छलफल अघि बढाएका छन्। यस उद्देश्यले गगन पक्षले आफ्ना केन्द्रीय सदस्यहरूलाई भोलि मध्यान्हदेखि अनिवार्य उपस्थित भएर बैठकमा सहभागी हुन सर्कुलर जारी गरेको छ। दिनभर छलफल गरी साँझसम्म विशेष महाधिवेशन पक्षीय समूहले ठोस अजेन्डा सार्वजनिक गर्ने तयारी भएको बताइएको छ।

यता नेता निधि र सिटौला भने चुनावअघि नियमित वा विशेष दुवै महाधिवेशन गर्नु नहुने अडानमा कायम छन्। अन्तिम निर्णय आगामी केन्द्रीय समिति बैठकले गर्नेछ भने महाधिवेशन कार्यतालिका कांग्रेसभित्र बढ्दो असहमतिको केन्द्रबिन्दु बनेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.