शनिबार, जेष्ठ २,२०८३ 05:35:00
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 05:35:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई नियमित खरिद/पुर्नखरिदको लागि खुल्ला

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई नियमित खरिद/पुर्नखरिदको लागि खुल्ला
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही सञ्चालित ‘एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किम’ दोश्रो खुलामुखी योजना हो । एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किममा हाल नेपालमा संचालित खुलामुखी म्युचुअल फण्डहरु मध्ये पहिलो पटक MINI SIP (NPR.500/-) तथा STP (Systematic Transfer Plan) जस्ता विशेषतहरु समावेश गरिएका छन् ।

उक्त योजनाको संकलित रकम मध्ये अधिकांश रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये भविष्यमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरु छनौट गरी लगानी गरिनेछ । यस क्यापिटलबाट संचालित दोश्रो खुलामुखी योजना एनआईसी एशिया इक्वीटी लिङ्कड इनभेष्टमेण्ट स्किम “Equity Oriented” फण्ड हो ।                                                               

 

Bizshala
New Office
CG Motors

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको पहिलो चरणमा रु.१० अंकित दरका ५ करोड इकाइ २०८२ साउन २९ गतेदेखि २०८२ भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा उक्त निष्काशनको समयमा जम्मा ८२ हजार ७३७ जना आवेदकहरुबाट जम्मा ७ करोड ४० लाख १७ हजार इकाईबराबरको इकाई खरिदको लागि रितपुर्वक आवेदन प्राप्त भएको थियो ।

जुन पहिलो चरणमा माग गरिएको इकाई भन्दा १.४८ गुणा बढी रहेको थियो । उक्त निष्काशनको समयमा रितपुर्वक इकाई खरिद आवेदन गर्ने आवेदकहरुलाई  २०८२ भदौ १६ गते इकाईको बाँडफाँड गरिएको थियो ।  

एनआईसी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरण–पत्र अनुसार ‘पहिलोचरणको इकाईको निष्कासन तथा बाँडफाँड सम्पन्न भएको मितिले तीन महिना भित्र उक्त योजनाको इकाई खरिद बिक्री गर्न मिल्ने गरी निरन्तर निष्कासन तथा बिक्रीको लागि खुल्ला हुनेछ’ भन्ने व्यवस्था भए अनुरुप एन आई सी एशिया इक्वीटी लिङ्कड इन्भेष्टमेण्ट स्किमको इकाई खरिद÷पुर्नरखरिदको लागि आज मंसिर १५ गतेदेखि खुल्ला गरिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

उक्त योजनाको इकाई खरिद÷पुर्नरखरिद तथा एसआईपीमा सहभागि हुनको लागि हाल एनआईसी एशिया क्यापिटलको रजिष्टार्ड कार्यालय रहेको स्थान टेड्र टावर नेपाल, थापाथली, काठमाण्डौबाट गर्न मिल्ने व्यवस्था मिलाइएको र निकट भविष्यमा उक्त योजनाको इकाई खरिद तथा एसआईपीमा सहभागि हुनको लागि क्यापिटलको अनलाइन सेवा,डिजिटल वालेट एनआईसी एशिया मोबैंक लगायत अन्य प्रविधिको प्रयोग गरी उक्त योजनाको इकाई खरिद गर्न मिल्ने व्यवस्था मिलाईने छ ।                                                       

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.