काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सुपर मादी हाईड्रोपावर र माउन्टेन इनर्जीको सेयरमूल्य समायोजन भएको हो । यी दुवै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात सुपर मादी हाईड्रोको सेयरमूल्य प्रतिकित्ता ७२२.८६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७५९ रुपैयाँ कायम थियो । कम्पनीले गत आवका लागि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यस्तै माउन्टेन इनर्जीले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ५५७.५० रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६६९ रुपैयाँ कायम थियो ।
आजको कारोबारमा नयाँ समायोजित मूल्यका आधारमा दुवै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

