काठमाण्डौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
केन्द्रीय बैङ्कले अन्तर्राष्ट्रिय बजारमा देखिएको मुद्रा उतारचढावलाई आधार मानी विभिन्न प्रमुख विदेशी मुद्राको खरिद तथा बिक्री दर निर्धारण गरेको हो।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा कायम गरिएको छ।
त्यस्तै युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ भने स्वीस फ्र्याङ्क एकको खरिद १९२ रुपैयाँ ५३ पैसा र बिक्री १९३ रुपैयाँ २७ पैसा रहेको छ।
अस्ट्रेलियन डलरतर्फ एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा तोकिएको छ।
क्यानेडियन डलर १०९ रुपैयाँ २५ पैसा ९खरिद० र १०९ रुपैयाँ ६८ पैसा (बिक्री) तथा सिङ्गापुर डलर ११८ रुपैयाँ १५ पैसा (खरिद) र ११८ रुपैयाँ ६२ पैसा ९बिक्री० कायम गरिएको छ।
एशियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा तोकिएको छ भने चिनियाँ युआन एकको दर २२ रुपैयाँ ४१ पैसा (खरिद) र २२ रुपैयाँ ५० पैसा (बिक्री) रहेको छ।
साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम तथा मलेसियन रिङ्गेटलगायतका मुद्राको दर पनि सोहीअनुसार निर्धारण गरिएको राष्ट्र बैङ्कले जनाएको छ।
त्यस्तै दक्षिण कोरियाली वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, हङ्कङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालसमेतका विनिमयदर सार्वजनिक गरिएको छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
राष्ट्र बैङ्कले अन्तर्राष्ट्रिय बजारको अवस्था अनुसार विनिमयदर आवश्यक परे जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।
वाणिज्य बैङ्कहरूले लागू गर्ने दर भने फरक हुन सक्ने तथा अद्यावधिक विवरण केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने उल्लेख गरिएको छ।

