Bizshala
  • शुक्रबार, जेष्ठ २२,२०८३ 05:35:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आधा दर्जन कम्पनीले मागे आईपीओ निष्कासनको अनुमति, कुनले कति ?

Laxmi Sunrise Bank Limited
आधा दर्जन कम्पनीले मागे आईपीओ निष्कासनको अनुमति, कुनले कति ?
Shivam Cement

काठमाण्डौ । विभिन्न सेक्टरका ६ कम्पनीले आईपीओ निष्कासनको अनुमति मागेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा दुई हाइड्रो सेक्टरका कम्पनी र चार उत्पादन तथा प्रशोधन सेक्टरका गरी कुल ६ वटा कम्पनी थपिएका छन् ।  

हाइड्रोपावर समूहतर्फ सुपरहेवा पावर कम्पनी र रघुगंगा हाइड्रोपावर तथा उत्पादन र प्रशोधन समूहतर्फतर्फ राजेश मेटल क्राफ्ट्स लिमिटेड, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेड र प्रिमियर डिस्टिलरी लिमिटेड रहेका छन् ।

हाइड्रोपावर समूहका सुपर हेवा पावर कम्पनी लिमिटेडले अंकित मूल्य १०० रुपैयाँ दरको १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले जेठ ७ गते बोर्डमा निवेदन दिएको हो । बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, रघुगंगा हाइड्रोपावर लिमिटेडले अंकित मूल्य १०० रुपैयाँ दरकै १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीले बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक तोक्दै जेठ ८ गते आवेदन दिएको हो  ।

उत्पादन तथा प्रशोधन समूहतर्फका कम्पनीहरुमा राजेश मेटल क्राफ्ट्स लिमिटेडले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्कासन गर्न जेठ ७ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीकोे बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  

साथै जेठ ७ गते नै अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले पनि १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबरको १० लाख ९ हजार ५३१ कित्ता सेयरका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

यता एग्रो क्षेत्रको युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडले १६ करोड ५० लाख रुपैयाँ बराबरको १६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोक्दै जेठ ७ गते नै बोर्डमा निवेदन दिएको हो ।  

यसका साथै प्रिमियर डिस्टिलरी लिमिटेडले अंकित मूल्य १०० रुपैयाँ दरमै २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले जेठ ८ गते बोर्डमा निवेदन दिएको हो । बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  

यी ६ वटैै कम्पनीहरू हाल धितोपत्र बोर्डको पाइपलाइनमा छन् । उक्त कम्पनीहरूले कुल २ अर्ब ७८ करोड ३४ लाख ५३ हजार १ सय रुपैयाँ बराबरको कुल २ करोड ७८ लाख ३४ हजार ५ सय ३१ कित्ता सेयर निष्कासनका लागि प्रक्रिया अगाडि बढाएका हुन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.