आईतवार, श्रावण १०,२०८३ 03:21:25
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 03:21:25
Bizshala
Global IME Bank Limited

एमबीए प्रश्नपत्र प्रकरणः दुई दिनभित्र छानबिन र कारबाहीको माग, डीनको राजीनामासमेत माग

एमबीए प्रश्नपत्र प्रकरणः दुई दिनभित्र छानबिन र कारबाहीको माग, डीनको राजीनामासमेत माग
New Office

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयको एमबीए प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनाप्रति त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले गम्भीर आपत्ति जनाउँदै दुई दिनभित्र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ।

स्ववियु अध्यक्ष दीपक जोशीले विश्वविद्यालयको परीक्षा प्रणाली र संस्थागत विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन्। उनका अनुसार प्रश्नपत्र कसरी बाहिरियो, यसमा कसको संलग्नता थियो भन्ने विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइनुपर्छ।

स्ववियुले व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनले नैतिक जिम्मेवारी वहन गर्दै पदबाट राजीनामा दिनुपर्ने मागसमेत अघि सारेको छ। दोषीमाथि कारबाही नभए उक्त मागलाई थप सशक्त बनाइने चेतावनी पनि स्ववियुले दिएको छ।

यता, प्रश्नपत्र चुहावट प्रकरणमा प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.