काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ६२५ रुपैयाँ कायम भएको छ ।

