काठमाण्डौ । हुलास एल्युमिनियमद्वारा उत्पादित प्रिमियम लक्जरी एल्युमिनियम ढोका तथा झ्याल ब्रान्ड ‘SKYLINE’ (स्काइलाइन) को आधिकारिक शोरूम तथा अनुभव केन्द्र आजबाट माइतीघरस्थित सेन्ट जेभियर्स कलेजको अगाडि उद्घाटन गरिएको छ।
यो लञ्च इभेन्ट ४ डिसेम्बरदेखि ६ डिसेम्बर २०२५ (१८ मंसिरदेखि २०मंसिर २०८२) सम्म निरन्तर रूपमा संचालन हुनेछ। स्काइलाइन शोरूमलाई ‘एक्सपिरियन्स सेन्टर’ को रूपमा तयार पारिएको छ, जहाँ ग्राहकहरूले उत्पादनलाई छुने, महसुस गर्ने, नजिकबाट बुझ्ने र वास्तविक लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।
हुलास एल्युमिनियमद्वारा आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्मित स्काइलाइन ढोका तथा झ्यालहरूले प्रिमियम क्वालिटी, आकर्षक डिजाइन, र उत्कृष्ट टिकाउपन प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले स्काइलाइनलाई ‘Value for Money’ ब्रान्डको रूपमा प्रस्तुत गर्दै, लक्जरी सेग्मेन्टमा गुणस्तर र मूल्य दुवैकादृष्टिले उत्कृष्ट विकल्प भएको दाबी गरेको छ।

