काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एकैेपटक ७६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले आज एक विज्ञापन जारी गर्दै तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
जसमा अधिकृत तृतीयअन्तर्गत सहायक निर्देशक(अर्थशास्त्र) १ जना, सहायक निर्देशक (व्यवस्थापन)१ जना, सहायक निर्देशक ३९ जना, सहायक निर्देशक(लेखा/लेखापरीक्षण)१० जना, सहायक निर्देशक(वाणिज्य कानून)४ जना र सहायक द्वितीयअन्तर्गत २१ जना सहायक माग गरिएको छ ।
इच्छुक र योग्यता पुगेका नेपालीहरूले मंसिर १९ गतेदेखि पुस १० गतेसम्म विद्युतीय माध्यममार्फत दरखास्त फाराम बुझाउन सक्नेछन्। पुस १७ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
अधिकृत तृतीय श्रेणीका लागि कुनै एक समूहका लागि १ हजार रुपैयाँ र प्रत्येक थप समूहमा सहभागी हुनका लागि ४ सय रुपैयाँ परीक्षा दस्तुर शुल्क लाग्नेछ ।
यस्तै सहायक द्वितीय श्रेणीको कुनै एक समूहका लागि ८ सय रुपैयाँ र प्रत्येक थप समूहका लागि थप ३ सय रुपैयाँ परीक्षा दस्तुर शुल्क लाग्नेछ । सम्पूर्ण पदहरुको पाठ्यक्रम राष्ट्र बैंकको वेबसाइटमा राखिएको छ ।
कति चाहिन्छ शैक्षिक योग्यता ?


