बुधबार, श्रावण ६,२०८३ 05:22:01
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 05:22:01
Bizshala
Global IME Bank Limited

वाईफाई नेपालले ल्यायो ‘पारस दाईको मौकामा चौका’ अफर, १२ महिना बोनस सेवा

वाईफाई नेपालले ल्यायो ‘पारस दाईको मौकामा चौका’ अफर, १२ महिना बोनस सेवा
New Office

काठमाण्डौ । ‘वाई-फाई नेपाल’ ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को अवसरमा ‘पारस दाईको मौकामा चौका’ अभियान ल्याएको छ। यस अफरमार्फत उच्च-गतिको, भरपर्दो इन्टरनेट सेवालाई उचित मूल्यमा उपलब्ध गराउने उद्देश्य राखिएको छ।

यस विशेष अभियान अन्तर्गत, २०० एमबीपीएस इन्टरनेट प्याकेज लिने ग्राहकहरूले १२ महिनाको प्याकेज खरिद गर्दा १२ महिनाको नि :शुल्क बोनस इन्टरनेट प्राप्त गर्नेछन्। यसको अर्थ ग्राहकहरूले एक वर्षको मूल्यमा २४ महिनाको उच्चगतिको इन्टरनेटको मज्जा लिन सक्छन्।

बोनस इन्टरनेटसँगै ग्राहकहरूले कुनै अतिरिक्त शुल्कबिना नि:शुल्क Nokia 5GHz Dual-Band Router पनि प्राप्त गर्नेछन्, जसले अझ राम्रो गति , बलियो कभरेज तथा स्थिर इन्टरनेटसेवा सुनिश्चित गर्दछ। त्यो पनि मात्र रु. ११ हजार ७५० (भ्याटसहित) मा उपलब्ध छ। वाईफाई नेपालले आफ्नो यस अफरमा ब्रान्डएम्बासडर पारस खड्कालाई फीचर गर्दै, फ्यानहरूका बीच NPL को उत्साहलाई अझ बढाइरहेको छ।

यस विशेष अफर मार्फत वाईफाई नेपालले देशभरका घरपरिवारहरूलाई उच्च-गति को इन्टरनेट, सहज कनेक्टिभिटी र उत्कृष्ट मूल्य प्रदान गर्ने लक्ष्य लिएको छ।

कम्पनीका अनुसार, ‘यो अफर NPL २०२५को उत्सव मनाउने र आफ्ना ग्राहकहरूलाई केही विशेष प्रदान गर्ने हाम्रो प्रयास हो। कम्पनीले २०० Mbps इन्टरनेट, नि :शुल्क Dual-Band Router र एक वर्षर्षको बोनस सेवा सहित सबैका लागि गुणस्तरीय इन्टरनेटलाई अझ सुलभ र किफायती बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । 

यो  अफर मंसिर २९ गतेसम्म लागू हुनेछ र यसमा सम्बन्धित नियम तथा सर्तहरू लागू हुनेछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.