Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

खेलाडी लागेपछि सर्वोत्तम सिमेन्टमा लगातार अपर सर्किट, सेयरमूल्य एकहजार नजिक

Global IME Bank Limited
खेलाडी लागेपछि सर्वोत्तम सिमेन्टमा लगातार अपर सर्किट, सेयरमूल्य एकहजार नजिक
Nabil Bank Limited

काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको छैठौं दिनमा पनि सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा अपर सर्किट लागेको छ । नेपाली सेयर बजारमा दोश्रो बजारमा सूचीकृत भएको लगातार छैठौं दिनसम्म अपर सर्किट लागेका निकै कम कम्पनी मात्र छन् ।  

सर्वोत्तम सिमेन्टको बजारमा निकै कम आपूर्ति छ । थोरै कित्ता सेयरमा खेलाडीहरुले लगातार चलखेल गरिरहँदा मूल्य समेत लगातार नै उछालको गतिमा बढिरहेको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वोत्तमको सेयर मूल्यमा छैठौं दिन प्रतिकित्ता ८९.५० रुपैयाँले बढेर ९८४.६० रुपैयाँको उचाईमा पुगेको छ ।  

छैठौं दिनमा सर्वोत्तम सिमेन्टको खरीदतर्फ १३ लाख ५६ हजार बढीको अर्डर पोस्ट भएको छ । बिक्री गर्ने कोही नहुँदा मूल्य कारोबार सुरु भएको केही समयमै उछालको गतिमा बढेको हो ।  

सर्वोत्तमले प्रति कित्ता अंकित दर १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । आईपीओमा उच्च खरीद चाप परेकोले चिठ्ठा विधिबाट बाँडफाँड गरिएको थियो । आईपीओ पाउने प्रत्यकेले ५० कित्ताको दरले सेयर पाएका थिए ।  

सर्वोत्तम सिमेन्टको निकै कम कित्ता दोश्रो बजारमा कारोबारमा रहेकोले बलिया वित्तीय सूचक नहुँदा समेत मूल्यमा लगातार सर्किट लगाएको देखिन्छ । अझ सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले आफ्नो कम्पनीले प्रिमियममा आईपीओ बेचे पनि नगद लाभांश मात्र दिने, हकप्रद र बोनस नदिने सार्वजनिक घोषणा गरेका थिए । यो घोषणालाई पन्छाएर खेलाडीहरुले सर्वोत्तमका सेयर कित्ताहरु थुपार्ने र बजारमा कृत्रिम अभाव सिर्जना गर्ने काम गरिरहेका छन् ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.