काठमाण्डौ । रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले गर्न पाउने सम्पूर्ण कार्यहरु गर्न अनुमति प्राप्त गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मंसिर २३ गते अनुमति पाएको हो ।
कम्पनीले हाल धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्ध, सेयर रजिष्ट्रेशन, संस्थागत परामर्स सेवा, धितोपत्र प्रत्याभूती,लगानी व्यवस्थापन तथा सामुहिक लगानी कोष अन्तर्गत कोष योजना व्यवस्थापक तथा डिपोजिटरीको को कार्यहरु गर्दै आइरहेको छ ।
यो कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको शतप्रतिशत सहायक कम्पनी हो । यो कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७८÷०६÷१० गते पब्लिक कम्पनीको रुपमा दर्ता भएको थियो र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रूपमा सीमित कार्यहरु गर्न नेपाल धितोपत्र बोर्डबाट २०८० साउन २९ गते अनुमतिपत्र प्राप्त गरेको थियो । यस्तै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ मंसिर २ गते योजना व्यवस्थापक तथा डिपोजिटरीको रुपमा कार्य गर्न अनुमतिपत्र प्राप्त गरेको थियो ।
विगत ३० वर्ष भन्दा बढी समय नेपालको धितोपत्र बजार ब्यवस्थापनसँग सम्बन्धित विभिन्न संस्थाहरु तथा बैंकिङ व्यवसायहरुमा प्रत्यक्ष संलग्न हुदै आएका भएका अनुभवि भिष्म राज चालिसे २०८२ भदौ २७ गतेदेखि आगामि ४ बर्षको लागी प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भई कार्यभार सम्हाल्दै आएका छन् ।

