काठमाण्डौ । सालपा विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड(एससीटी)ले सञ्चालन गर्दै आएको एससिटी–युनियन पे कार्डको सेवा सुरु गरेको छ ।
गत मंसिर १६ गतेदेखि सालपा विकास बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससिटी–युनियन पे कार्ड प्राप्त गर्न सक्ने भएका छन् । यस सुविधाको सुरुवातले ग्राहकहरूलाई डिजिटल भुक्तानीको प्रक्रिया अझ सहज, सुलभ र सुरक्षित हुने विश्वास रहेको छ ।
एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटी–युनियन पे कार्ड जारी गर्दै आइरहेको छ । एससिटीले आफ्नै कार्ड स्विचिंग संरचना स्मार्ट स्विच मार्फत एससिटी–युनियन पे कार्ड र भिसा कार्ड जारी गर्ने तथा VISA, RuPay, + MasterCard Discover कार्ड स्वीकार गरि कार्ड मार्फत हुने कारोबारको सेवा प्रदान गर्दै आएको छ ।

